fbpx
More

    म्याक एडब्लु र म्याक टाइटानियम ल्युब्रिकेन्टस् नेपाली बजारमा सार्वजनिक

    spot_img
    spot_img

    भारत पेट्रोलियम कर्पोरेशन लिमिटेडद्वारा उत्पादित विश्व प्रसिद्घ म्याक ल्युब्रिकेन्टस् र नेपालका लागि म्याक ल्युब्रिकेन्टस्को आधिकारिक बितरक सिप्रदी टे«डिङ्ग प्रा. लि.ले म्याक लुब्रिकेन्टस् सँगको सहकार्य २१ वर्ष पुरा भएको अवसरमा म्याकका नयाँ दुई प्रोडक्ट एडब्लु र टाइटानियम नेपाली बजारमा सार्वजनिक गरेको छ ।

    कार्यक्रमा भारत पेट्रोलियम कर्पोरेशन लिमिटेडका तर्फबाट श्री पि सुधाहर–कार्यकारी निर्देशक, श्री अमरप्रित सिंह आलुवालिया–हेड ल्युव, ईस्ट्रन रिजन स्ट्राटिजि, श्री मनिन्दर सिंह–डिजिटल ट्रान्सफरमेशन चिफ म्यानेजर, सिप्रदी टे«डिङ्ग प्रा. लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री राजन बाबु श्रेष्ठ, प्रमुख सञ्चालन अधिकृत श्री राजेश प्रसाद गिरी, चिफ म्यानेजर श्री दिनेश के.सि. साथै म्याकका नेपालभरी रहेका डिलरहरुको उपस्थिती रहेको थियो ।

    Release Of Mak AW and MAK Titanium

    कार्यक्रममा उपस्थित महानुभावहरुलाई स्वागत गर्दै सिप्रदी कम्पनिका प्रमुख कार्यकारी अधिकृत श्री राजन बाबु श्रेष्ठले आगामी योजनाको बारेमा प्रष्ट पार्नुभएको थियो । आफ्ना च्यानल पार्टनरहरुलाई सम्बोधन गर्दै आवश्यक सिप तथा तालिमका लागि कम्पनीका तर्फबाट पूर्ण रुपमा सहयोग गर्न तयार रहेको र समृद्धीका लागि हरदम सँगै रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    उक्त कार्यक्रममा कम्पनीका चिफ म्यानेजर श्री दिनेश के.सि.ले कम्पनीको आगामी कार्ययोजना र उद्देश्यको बारेमा स्पष्ट पार्नुभएको थियो । उक्त कार्यक्रममा भारत पेट्रोलियम कर्पोरेशन लिमिटेड र सिप्रदी टे«डिङ्ग प्रा. लि.का प्रतिनिधिहरुद्वारा सिक्का एप सार्वजनिक गरियो । साथै आफ्ना च्यानल पार्टनरहरुको व्यवसायलाई आधुनिक तथा व्यवस्थित गर्नका लागि सो एप अत्यन्त उत्कृष्ट माध्यम हुने बिश्वास पनि व्यक्त गरिएको थियो ।

    mak aw and mak titanium

    कार्यक्रममा नेपालभरी रहेका सिप्रदीसँग आवद्ध डिलरहरु मध्ये उत्कृष्ट डिलरहरुलाई विभिन्न विधामा पुरस्कृत तथा सम्मान गरिएको थियो । सो कार्यक्रमको अन्त्यमा कम्पनीको तर्फबाट प्रमुख सञ्चालन अधिकृत श्री राजेश प्रसाद गिरीले सबै सम्मानित सहभागीहरुलाई बधाई दिँदै उपस्थित सम्पूर्ण व्यक्तित्वहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो । साथै कम्पनिले अपनाउने आगामीे रणनीति व्यक्त गर्दै हातमा हात मिलाई निरन्तर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

    Latest articles

    Related articles

    Leave a reply

    Please enter your comment!
    Please enter your name here