fbpx
More

    यहाँ हामी जाडोमापनि शरीरलाई तातो राख्ने र शक्ति दिने केही खानेकुराका बारेमा बताउँदैछौं ।

    spot_img
    spot_img

    जाडोमा शरीरले पर्याप्त तातो नपाउँदा रुघाखोकी, कफ र छालासम्बन्धी समस्या आइलाग्छ ।जाडोमा खानपानमा ध्यान दिनु जरूरी हुन्छ . यहाँ हामी जाडोमापनि शरीरलाई तातो राख्ने र शक्ति दिने केही खानेकुराका बारेमा बताउँदैछौं ।
    1)बाजरा म्याग्नेसियम, क्याल्सियम, फाइबर, भिटामिन बी, एन्टीअक्सिडेन्ट र प्रोटीनको मात्रा भरपूर हुन्छ बाजराको रोटी । जाडोमा यसको रोटी खाँदा शरीरलाईपूरा दिन शक्ति प्राप्त हुन्छ ।

    2) बदाम भिटामिन ईले भरपूर बदामलाई जाडोमा बिहान महसँग खाँदा बिरामीबाट बच्न सक्नुहुन्छ । कब्जियतको समस्या पनि हट्छ ।

    3) अदुवा जाडोमा दिनदिनै बिहान अदुवाको रस पिउँदा वा अदुवा खाँदा शरीरलाई तातो हुन्छ । यसबाहेक यसले तपाईंको पाचन प्रणाली पनि ठीक हुन्छ ।

    4) दालचिनी दालचिनी स्वादिलो हुनुका साथै यसले शरीरलाई तातो बनाएर चिसोबाट लड्न मद्दत गर्छ । भोजन, चिया, कफी, वा तातोपानीसँग दालचिनी खानुस् ।

    5) मम्फली बदाम जाडोमा घाम तापेर बदाम खान मज्जा आउँछ अनि यसमा भएको मिनरल, क्याल्सियम, क्यारोटिन र फस्फोरसको गुणले शरीरलाई भित्रबाटतातो राख्छ ।

    6) हरिया सागपात पालुंगो, गाजर, लसुन लगायतको सेवनले पनि इम्युन सिस्टम बलियो हुन्छ । जाडोबाट बच्नका लागि हरियो सागपात सबभन्दा राम्रो खुराक हो ।

    7) तिल भोजनमा तिलको सेवन वा त्यसको तेलले मालिश गर्दा जाडोमा लाभदायक हुन्छ । त्यसमा भएका पोषक तत्त्वले तपाईंलाई चिसो, रुघाखोकी र कफबाटबचाउँछ ।

    Pradip Karki
    Pradip Karki
    A seasoned journalist with a passion for storytelling honed over 5 years, specializing in travel, food, and tech.

    Latest articles

    Related articles

    Leave a reply

    Please enter your comment!
    Please enter your name here