fbpx
More

    टिप्स/जानकारी: मीठो निद्राका लागि यसो गर्नुहोस्!

    spot_img
    spot_img
    स्वस्थ तन र मनका लागि मीठो र गहिरो निद्रा अपरिहार्य मानिन्छ । पर्याप्त निदाइएन भने डायबेटिज, डिप्रेसनजस्ता रोग लाग्नुको साथै वजन बढ्ने समस्या देखापर्न सक्छ । मीठो निद्राका लागि यी टिप्स उपयोगी हुन सक्छन्ः
    1) ‘हेभी डिनर’ नलिनुस्

    डिनरमा हेभी खाना खाने गर्नुभएको छ र पेट डम्म हुनेगरी अघाउँजी खाने बानी बसाल्नुभएको छ भने आजैदेखि बानी सुधार्नुस् । तरकारी, दाल, फलफूल, सलाद, दूधजस्ता हलुका खाना उपयुक्त मानिन्छन्, जसले मीठो निद्रा लगाउन मद्दत पु¥याउँछन् ।
    2) बढी मदिरा नलिनुस्

    निद्रा नलागेको झोँकमा बढी मदिरा लिने गर्नुभएको छ भने आजैदेखि मात्रा घटाउनुस् । डेढ र बढीमा दुई पेगभन्दा बढी मदिरा नलिनुस् । सकिन्छ भने मदिरा छाड्नुहोस्।
    3) सुत्ने कोठामा मधुरो बत्ती राख्नुस्

    चर्को प्रकाशमा बसेर सुत्न जाँदा निदाउन समय लाग्नसक्छ । तसर्थ बेडरुममा मधुरो प्रकाशको बन्दोबस्त गर्नुस् । जसले गर्दा मीठो निद्राका लागि आवश्यक मुड ओछ्यानमा पल्टिनुअघि नै बन्नपुग्छ ।
    4) ओछ्यानमा मोबाइल नचलाउनुस्

    ओछ्यानमा पल्टिएपछि मोबाइल चलाउने बानी छ भने आजैदेखि आफूलाई बदल्नुस् । मोबाइल चलाउँदा तपाईं यसैमा अलमलिनुहुन्छ र निद्रा लाग्न पाउँदैन । साथै, सुत्दाखेरि मोबाइल अनिवार्य रूपमा साइलेन्स मोडमा राख्ने गर्नुस् ।
    5) चुरोट छोड्नु्स्

    चुरोट खाने बानी छ र निद्रा लाग्दैन भने चुरोट छोड्न ढिलो नगर्नुस् । चुरोट नखाने मानिस खानेहरूको तुलनामा चार गुणा बढी राम्रोसँग निदाउने गर्छन् भन्ने तथ्य अनुसन्धानबाट पुष्टि भइसकेको छ । चुरोटमा पाइने निकोटिनले गर्दा राम्रोसँग निदाउन सकिँदैन ।
    Pradip Karki
    Pradip Karki
    A seasoned journalist with a passion for storytelling honed over 5 years, specializing in travel, food, and tech.

    Latest articles

    Related articles

    Leave a reply

    Please enter your comment!
    Please enter your name here